तीन वर्षअघि नै मुस्ताङमा सोलार राख्ने भारतीय प्रयास
उद्योग मन्त्रालयले अनुमति रद्द गरेको थियो

काठमाडौँ : भारतले तीन वर्षअघि नै मुस्ताङमा सौर्य ऊर्जा प्लान्ट जडान गर्ने प्रयास गरेको र पछि विवादित भएपछि सरकारले नै अनुमति रद्द गरेको पाइएको छ ।अहिले विद्युत् प्राधिकरणले सोही ठाउँमा भारतीय सरकारी कम्पनी एनटीपीसीसँग मिलेर पवन ऊर्जा, जलविद्युत् र सौर्य ऊर्जा गरी ४०० मेगावाटको विद्युत् गृह स्थापना गर्ने प्रक्रिया अघि बढाउन लागेको छ ।
खानी विभागका अनुसार तीन वर्षअघि भारतीय पक्षको संलग्नतामा लगानी बोर्डले माथिल्लो मुस्ताङमा सौर्य ऊर्जा गृह स्थापना गर्न अनुमति दिएको थियो । खानी विभागले सुरुमा लगानी बोर्डलाई पनि उक्त सौर्य ऊर्जा गृह स्थापनानिम्ति सहमति दिएको थियो । विभागको सहमतिलाई उद्योग मन्त्रालयले पनि स्वीकृति दिएको थियो ।
उक्त ठाउँमा यूरोनियमको खानी छ । साथै राष्ट्रिय सुरक्षाका हिसाबले पनि मुस्ताङलाई अत्यन्त संवेदनशील ठाउँका रुपमा लिइन्छ । यूरोनियम भन्नासाथै संसारमै सबभन्दा संवेदनशील खनिज पदार्थ मानिन्छ । त्यस्तो ठाउँमा अन्तर्राष्ट्रिय चासो हुन्छ नै । त्यो ठाउँ कसले, कसरी उपयोग गर्छ भन्ने अन्तर्राष्ट्रिय विषय बन्छ । त्यस्तो ठाउँमा कसैलाई सोलार राख्न दिन नहुने भनेर विवाद उत्पन्न भएको खानी विभागले जनाएको छ ।
विभागका अनुसार विवाद उत्पन्न भइसकेपछि पहिले दिइएको अनुमतिलाई नै रद्द गरिएको थियो । विभागले लिखित रुपमै त्यो ठाउँमा सोलार राख्न दिनु हुँदैन भनी उद्योग मन्त्रालयलाई सिफारिश गरेको थियो । खानी विभागकै सिफारिशका आधारमा उद्योग मन्त्रालयले निर्णय गरी पठाएको हो ।
यसरी दिइएको अनुमति पनि रद्द गर्नुको दोस्रो कारण थियो, अप्पर मुस्ताङ त्यसै पनि चीनसँग सीमा जोडिएको क्षेत्र हो । त्यो नेपालको संवदेनशील क्षेत्र हो । त्यो सीमाको एकदमै नजिक पर्छ । उद्योग मन्त्रालयका एक अधिकारीले भने, ‘यदि त्यसरी नै त्यो ठाउँमा राख्न खोजिएको हो भने एकदमै संवेदनशील हो ।’

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_lzksE9Fnor_cgu0zdefeb7fmjyowetpzahcyrnzklh0ptdosubyx8z7rfpd2ajlebsaexwv.jpg)
प्रतिक्रिया