पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश इलाममा जनताले दिए : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमका आधारमा विचारधारको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प खोज्ने प्रयास इलाममा असफल भएको बताएका छन् ।
नेकपा एमाले प्युठान–काठमाडौँ सम्पर्क मञ्चले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा महासचिव पोखरेलले पपुलिजम कि विचार भन्ने परीक्षण गर्नुपर्ने अवस्थामा इलाममा भएको उपनिर्वाचनमा पपुलिजम स्वीकार्य छैन भन्ने सन्देश जनताले दिएको बताएका हुन् ।
उनले कोशी प्रदेशको नामकरणको विरुद्धमा एमालेलाई नियोजित रूपमा कमजोर पार्नका लागि आन्दोलन चलाइएको अवस्थामा जातिवाद स्वीकार्य छैन भन्ने सन्देश पनि उपनिर्वाचनले दिएको धारणा राखे । महासचिव पोखरेलले एमालेको नेतृत्वमा सरकार बन्दा नेपाल एउटा विश्वको नमूना राष्ट्रका रूपमा पुर्याउन सफल भए पनि षड्यन्त्रपूर्ण विस्थापित गर्दा मुलुक अप्ठेरो अवस्थामा पुगेको बताए ।
मुलुकको अप्ठेरो अवस्थामा लामो समय गयो भने सम्हाल्न नसक्ने अवस्थामा पुग्न सक्ने भएकाले एमालेको पहलमा नयाँ सत्ता समीकरण बनाइएको उनले बताए ।
महासचिव पोखरेलले वर्तमान सत्ता समीकरणले देशलाई तत्काल नै चमत्कार दिने नभएर मुलुकको ओरालो यात्रालाई रोकेर अघि बढाउन सक्ने मान्यताका साथ सरकारमा सहभागी भएको जिकिर गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया