नेपालले वेस्ट इन्डिज 'ए'सँग आज अन्तिम खेल खेल्दै

काठमाडौँ- नेपाल र वेस्ट इन्डिज 'ए'बीचको पाँचौं तथा अन्तिम खेल आज हुँदैछ । टियु मैदानमा हुने यो खेल दिउँसो १२:१५ बजेदेखि हुँदैछ ।
जारी सिरिज वेस्ट इन्डिज 'ए'ले एक खेल अघि नै जितेको छ । वेस्ट इन्डिज 'ए'ले सिरिज ३-१ ले जितिसकेको छ । यस सिरिजमा पहिलो खेल नेपालले जितेको थियो भने त्यसपछिका तीन खेल लगातार वेस्ट इन्डिज 'ए'ले जितेको थियो ।
यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अविनाश बोहोरा, विवेक यादव, आकाश चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।
त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज 'ए' टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया