शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

फाइल तस्बिर

कर्णाली - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय प्रथम सम्मेलन’ हुने भएको छ ।

हार्वर्ड युनिभर्सिटी म्यासाचुसेट्स जनरल हस्पिटल साइक्याट्रिक डिपार्टमेन्ट अमेरिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला नेपालको सहकार्यमा ‘सामुदायिक मानसिक रोगसम्बन्धी अन्तर्राष्ट्रियस्तरको प्रथम सम्मेलन जुम्लामा यही वैशाख २२–२३ गते दुई दिनसम्म सञ्चालन हुने भएको हो । 

कर्णालीमा सामान्यतः एकजना मानिसक रोग विशेषज्ञ जान नसक्ने ठाउँका नागरिक सबैका लागि मानसिक स्वास्थ्य र सेवाको पहुँच पुर्याउने उद्देश्यले अन्तराष्ट्रियस्तरको सम्मेलन गर्न थालिएको हार्वर्ड युनिभर्सिटीको फ्याकल्टी डा श्रीधर पौडेलले जानकारी दिए । 

उक्त सम्मेलनमा अमेरिकाबाट चार र नेपालभरिबाट  ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाताहरू सहभागी हुने उनले बताए । डा पौडेलका अनुसार उक्त सम्मेलनमा करिब ५० मानसिक रोगसम्बन्धी कार्यपत्र प्रस्तुत हुनेछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री, स्थानीय सरकारका प्रमुख तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि सम्मेलनमा सहभागिता रहनेछन् ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा मङ्गल रावलले दुनियाँको सबैभन्दा सुगम हार्वर्ड युनिभर्सिटी र अत्यन्तै दुर्गममा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मिलेर गर्न थालिएको मानसिक स्वास्थ्यसम्बन्धीको अन्तर्राष्ट्रिय सम्मेलनले नेपाललगायत कर्णालीका नागरिकको स्वास्थ्य अवस्थामा उल्लेख्य प्रगति हुने बताए । “जुम्लामा सम्मेलनमात्र हुने छैन”, उनले भने, “हार्वर्ड युनिभर्सिटी र कर्णाली स्वास्थ्य विज्ञानबीच स्वास्थ्य शिक्षा, अनुसन्धान र सेवामा सहकार्य र साझेदारी हुनेछ ।”

प्रतिष्ठानका जनरल प्राक्टिक्स एण्ड इमर्जेन्सी विभाग प्रमुख डा तुला गुप्ताले दुर्गम क्षेत्रका नागरिकको मानसिक स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर विभिन्न चुनौतीका बाबजुद पनि जुम्लामा सम्मेलन गर्न थालिएको बताए । उनले भने, “सम्मेलनमा विशेषज्ञ विज्ञहरूबाट मानसिक स्वास्थ्यसम्बन्धीका कार्यपत्र पेस हुनेछन् । सम्मेलनले पाँच वर्षमा कर्णाली र यहाँको स्वास्थ्य अवस्थालाई कहाँ पुर्याउने विषयमा ‘जुम्ला घोषणापत्र’ जारी गर्नेछ ।”

एक सयभन्दा बढी सरोकारवालाहरूको सहभागिता रहने उक्त सम्मेलनमा सेन्टर फर मेन्टल हेल्थ एण्ड काउन्सेलिङ (सिएमसी) नेपाल, हेल्थ फाउण्डेसन, एकीकृत मानसिक स्वास्थ्य केन्द्र (एनआइओएमएच) र नेपाल हेल्थ कोप्र्स साझेदार निकायका रूपमा काम गर्ने प्रतिष्ठान जुम्लाले जनाएको छ ।
रासस

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

गाउँमै विशेषज्ञ सेवाः चार सय जना लाभान्वित

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्त्री पौडेल

रोगहरुविरुद्ध सचेतनाका लागि विद्यालय शान्तिदूत कार्यान्वयनमा आउँदैछ- स्वास्थ्यमन्…

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यमन्त्री पौडेल

स्वास्थ्य सेवालाई व्यवस्थित गर्न निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार छः स्वाथ्यम…

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

मुख्यमन्त्रीको निर्देशनपछि चन्द्रनिगाहपुरका हाइवे ट्रमा र सिभिल अस्पतालको सटर बन्द

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

कान्तिलाई हजार शैय्या पुर्याउन जापानी सहयोगका लागि मन्त्री पौडेलको आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

गण्डकी प्रदेशले १५ स्वास्थ्य संस्थाबाट निःशुल्क डायलासिस सेवा दिँदै

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो - मन्त्री पौडेल