बागमती प्रदेश बजेट: वित्तीय हस्तान्तरणतर्फ अनुदान ३.०६ प्रतिशतले बढ्ने

काठमाडौँ : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै वित्तीय हस्तान्तरणतर्फको अनुदान बढाएको छ । आर्थिक मामिला तथा तथा योजना कैलाशकुमार ढुंगेलले प्रदेशसभामा बोल्दै स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ अनुदान ३.०६ प्रतिशतले वृद्धि भएको बताएका हुन् ।
११९ स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान तर्फ १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । स्थानीय तहबाट प्रस्ताव भएका ३०९ योजना तथा कार्यक्रमका लागि समपुरक अनुदान २ अर्ब ९२ करोड छुट्याइएको छ । ९१ प्रस्तावित योजना तथा कार्यक्रमका लागि विशेष अनुदान ४२ करोड रुपैयाँ छुट्याइएको छ ।
सशर्त अनुदानतर्फ २ अर्ब ६६ करोड रुपैयाँ छुट्याइएको छ । कुल सशर्त अनुदानमध्ये शिक्षा तथा स्वस्थ्य सम्बन्धी कार्यक्रमका लागि ६९ करोड रुपैयाँ छ, कृषि तथा सहकारीका कार्यक्रमलाई २७ करोड, भौतिक पूर्वाधारणका लागि एक अर्ब ७० करोड रुपैयाँ छुट्याइएको छ । राजस्व बाँडफाँटमध्ये सवारी करबाट ११९ स्थानीय तहलाई चार अर्ब ३३ करोड रुपैयाँ बाँडफाँट हुने अनुमान छ ।

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई इप्पानको आग्रह

बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्…

नीतिगत अन्योलले चार वर्षदेखि सुपारी निर्यात ठप्प

‘तरकारीमा विषादीको प्रयोग घटाऔँ’

पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

ग्लोबल कन्जुमर एक्स्पो २०२५ भृकुटीमण्डपमा भव्य रूपमा सुरु

प्रतिक्रिया