बागमतीमा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको ऐन वैैशाख २४ देखि लागू हुने

काठमाडौँ - बागमती प्रदेशमा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गरेको ऐन आगामी वैशाख २४ गतेदेखि लागू हुने भएको छ ।
बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै वैशाख २४ गते काठमाडौंको वसन्तपुरबाट प्रधानमन्त्रीको उपस्थितिमा विशेष समारोह आयोजना गरि उक्त ऐन लागू भएको घोषणा गरिने जानकारी दिएको हो ।
भाषा दिवस मूल समारोह समितिका संयोजक एवं बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्र मान बज्राचार्यले ऐन कार्यान्वयनलाई विशेष स्मरणीय बनाउनका लागि विशेष समारोहको आयोजना गर्न लागिएको जानकारी दिए । उनले भाषा विधेयक संघीयताको मेरुदण्ड भएको बताए ।
गत असोज २२ गते बागमती प्रदेशसभामा उक्त ऐन प्रस्तुत भएको थियो । संसदबाट सर्वसम्मत रुपमा पारित भएको उक्त ऐन कार्तिक २३ गते राजपत्रका प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको १८० औं दिनमा विधेयक परिपक्व भइ कानूनी व्यवस्था रहेकाले सोही व्यवस्था अनुरूप वैशाख २४ गते ऐन कार्यान्वयनमा जान लागेको मन्त्रालयले जनाएको छ ।

निःशुल्क रगत उपलब्ध गराउन दुई करोडको अक्षयकोष

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

मत्स्य केन्द्र कुलेखानीद्वारा ६ लाख १७ हजारको माछा बिक्री

१५ दिनमा २० जनामा डेङ्गु सङ्क्रमण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_SeLjgJWGwp_tvs7hwmmpmvkp9en94qu6w8s44duvwi589rwg9q7uwrcgcto38iltvyytq7u.jpg)
विपद्जन्य घटनाबाट बागमती प्रदेश बढी प्रभावित

बागमतीका अधिकांश बहुवर्षीय योजना सम्पन्न

ट्राफिक कारबाहीः दुई करोड ४१ लाख राजस्व सङ्कलन

प्रतिक्रिया