८६ वर्षीया ज्योति कोइरालाको गीति संग्रह ‘ज्योतिको संगालो’ विमोचन

काठमाडौँ- ८६ वर्षीया ज्योति कोइरालाको गीति संग्रह ‘ज्योतिको संगालो’ विमोचन भएको छ । बुधबार काठमाडौँमा आयोजित कार्यक्रममा कोइरालाको ‘ज्योतिको संगालो’ प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, लोकसर्जक बमबहादुर कार्की, ठाकुर प्रसाद कोइराला र ज्योति कोइरालाले एकसाथ विमोचन गरेका हुन् ।
ज्योतिको संगालोमा पाँच वटा गीत रहेको छ । गीति संग्रहमा कथैमा कथै, गैह्री खेत, कुले बाँध, तही तल बजारमा र म घर गएको चारै वर्ष भयो जस्ता बोलका गीत रहेको छ । दीपक शर्माको संगीत रहेको छ । गीति संग्रह विन्ध्याबासनी म्युजिकले उत्पादन गरेको ।
गीति संग्रहको विमोचनपश्चात विशेष अतिथि बमबहादुर कार्कीले वृद्ध उमेरमा पुराना आफ्नो अनुभव र भोगाइको आधारमा गीत बनाउन सक्नु भएको भन्दै प्रशंसा गरेका थिए । गीत र संगीत भनेको सुकर्म रहेको उनले बताएका छन् ।
‘लुकेको सिर्जना तथा गीतहरू बाहिर ल्याउनु सफल हुनु भएको छ । हाम्रा लागि प्रेरणादायी कुरा हो,’ उनले भने,’ यस्तो उमेरमा गीत गाउन सक्नु नै ठूलो कुरा हो ।‘
कार्कीले वृद्धा उमेरमा गीत गाएर सञ्चारमाध्यममा पहिलो पटक सार्वजनिक हुने उहाँ नै भएको दाबी गरे । लोकगीत गाउन धेरै गाह्रो हुने उनको भनाइ छ । कोइरालाको गीतमा शास्त्रीयताको झल्को पाइने उनले बताए ।
अर्का अतिथि डा. भगवान कोइरालाले वृद्ध उमेरमा यतिको सिर्जना हुनु नै राम्रो कुरा रहेको बताए । यसले सिर्जना रचना गर्नमा उमेरले छेक्दैन भनेर पुष्टि भएको उनको भनाइ छ ।
उनले कोइरालाको गीति संग्रहले आफ्नो गृह जिल्लाका स्मरण गराउन सफल भएको उल्लेख गरे ।
विमोचन समारोहका प्रमुख अतिथि खिलराज रेग्मीले यो उमेरमा आएर लोकभाका गर्न सक्नु नेपाली समाजमा कला लुकेर बसेको हुन सक्ने बताए । उमेर र शरीरले रचना गर्न छेकबार नगर्ने उनको भनाइ छ ।
‘शरीरले साथ दिएसम्म सक्रिय हुनुपर्छ,’ रेग्मीले भने,’ मानव भएपछि मानसिक र शारीरिक रुपमा सक्रिय रहनुपर्छ । वृद्ध हुँदै गएपछि पुराना कुराहरूको याद आउने रहेछ । त्यहीँ भएर गीतमा माइतीका कुराहरू उल्लेख भएका होलान् ।‘
कोइरालाले उहाँको लगन हाम्रो लागि प्रेरणादायी हुन सक्ने बताए । जाँगर, हौसला र आत्मविश्वास भएसम्म उमेरले कसैलाई पनि नछेक्ने उनले बताए । संगीत कर्ममा लागेर उनले गीत-संगीतको संरक्षण गर्न सकिने उल्लेख गरे ।
त्यसैगरी विमोचन समारोहमा ज्योति कोइरालाको परिवारले डा. भगवान कोइरालालाई बाल अस्पताल निर्माणका लागि सहयोगस्वरुप २५ लाख रुपैयाँ हस्तान्तरण गरेका थिए ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया