आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था छैन : अर्थमन्त्री पुन

काठमाडौँ - अर्थमन्त्री वर्षमान पुनले मुलुकको आर्थिक शिथिलता सुधार हुँदै गएपनि ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित दिगो आर्थिक विकासका लागि वित्त नीति विषयक कार्यक्रममा मन्त्री पुनले आर्थिक तथा बाह्य कारणले देखिएको आर्थिक शिथिलता सुधार हुँदै गएको भएपनि ढुक्क हुने अवस्था नरहेको बताएका हुन् ।
उनले विभिन्न तथ्यांकहरुको आधारमा गतबर्ष भन्दा सुधार देखिएको जिकिर गरे । आर्थिक बर्ष सकिन तीन महिना बाँकी रहेको अवस्थामा यस बर्ष साढे चार प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने मन्त्रालयको अनुमान रहेको उनले बताए ।
मन्त्री पुनले जलविद्युत लगायतका क्षेत्रमा केही राम्रो देखिएपनि निर्माण क्षेत्रमा भने समस्या देखिएको धारणा राखे ।
उनले किसानहरूलाई प्रोत्साहन गर्ने गरि आगामी कार्यक्रम ल्याउने बताए । आगामी नीति कार्यक्रम, बजेट र मौद्रिक नीतिलाई मिलाएर लैजाने र जनतामा आशा जगाउने काम गर्ने उनको भनाइ छ ।

अहिलेकै नकारात्मक सोचले देश बन्दैनः परराष्ट्रमन्त्री राणा

उजुरीसम्बन्धी प्रतिवेदन यथाशीघ्र बुझाउन निर्देशन

लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल

अर्थतन्त्र सकारात्मक बाटोमा लैजाँदै छौँ: प्रधानमन्त्री ओली

कुलिङ पिरियडको प्रावधानप्रति राष्ट्रियसभा अध्यक्ष दाहालले गराए ध्यानाकर्षण

कुलिङ पिरियडबारे समिति पछि हट्दैन : सभापति खतिवडा

विपद्का समयमा पब्लिसिटी खोज्नेहरुका कारण राहत र उद्धारमा समस्याः सभापति शेर्पा

प्रतिक्रिया