रसुवामा सम्बन्धविच्छेद घटना बढे

रसुवा- गत आर्थिक वर्षको तुलनामा चालु आवमा रसुवामा सम्बन्धविच्छेदका घटना बढेका छन् । गत आवमा रसुवा जिल्ला अदालतमा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकामा चालु आवको नौ महिनामा ८१ वटा त्यस्ता मुद्दा परेका छन् ।
जिल्ला अदालतका श्रेस्तेदार मुना अधिकारीका अनुसार आव २०७७/७८ मा २९, २०७८/७९ मा ३६ र आव २०७९/८० मा ४५ वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका थिए । अधिकांश सम्बन्धविच्छेद मुद्दा श्रीमतीले दायर गरेका छन् भने केही पुरुषले दर्ता गराएका छन् । वैदेशिक रोजगारीमा गएका महिला तथा पुरुषबाट नै अधिकांश मुद्दा दर्ता भएका छन् ।
यसैबीच रसुवाबाट चालु आवमा एक हजार दुई सय जनाले राहदानी लिएका छन् । जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज रूपमा राहदानीलगायत सेवा प्रवाह गरिएको जनाएको छ । राहदानी जारी गरेबापत राज्यकोषमा रु छ लाख दाखिला भएको छ ।

टिपर दुुर्घटनामा चालकको मृत्यु

आगलागीबाट घर जलेर नष्ट

चितवनमा यात्रुका झोला तान्ने, दुःख हैरानी दिने ८० जना पक्राउ
कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर गाउँमा

सञ्चालनमा आएको चार दिनमै फेरि हेटौँडा सिमेन्टको उत्पादन बन्द, आर्थिक संकटले उ…

गोदावरीमा जैविक प्रविधिमार्फत पहिरो नियन्त्रण

निकुञ्जमा गैँडा हेर्ने समय

प्रतिक्रिया