अफगानिस्तानको टी-२० विश्वकप खेल्ने टिममा को को परे ?

काठमाडौँ- अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेट किपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक रहेका छन् ।
त्यसैगरी टिमसँगै जाने रिजर्भ खेलाडीमा सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् ।
टी-२० विश्वकपमा अफगानिस्तान समुह सी मा रहेको छ । यस समुहमा अफगानिस्तानसँगै न्यूजिल्याण्ड, वेस्ट इन्डिज, पिएनजी र युगाण्डा रहेका छन् । विश्वकपमा अफगानिस्तानको पहिलो खेल जुन ३ मा युगाण्डासँग रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_DjYIV35z4s_jkowf6ivcqzaxr1uvsbcoms12gyzppqah2frdf6t4xcjkaprh3qwojrs2nag.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया