सुपरदोर्दी ‘ख’ आयोजनामा पस्यो बाढी

लम्जुङ : लमजुङ दोर्दी गाउँपालिका-६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनदेखि निरन्तर परेको पानीले आज बिहान दोर्दी खोलामा बाढी आउँदा आयोजनाको बाँध भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो ।
आयोजनाको मुख्य सुरुङमा बाढी पस्न थालेपछि सुरुङभित्र काम गरिरहेका ५०/६० जना कामदारको सकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएकाे छ । आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार, आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ । बाढीले आयोजना स्थलबाट एउटा ट्याक्टर, पम मेशिनलगायतका सामग्री बगाएको उनले जानकारी दिए ।
'हामी यतिबेला आयोजनाको अन्य संरचना तथा सामग्री एवं यहाँका कर्मचारी जोगाउन तयारीमा लागेका छौँ, अरु के कति क्षति पुगेको छ भन्ने विस्तृत विवरण आउन बाँकी छ' सिग्देलले भने । दोर्दीमा २०७६ साउन ८ गते पनि ठूलो बाढी आएको थियो । त्यति बेला समेत यस आयोजनामा करीब १० करोड रुपैयाँको क्षति भएको बताइएको छ ।
त्यस्तै, खोलामा बाढी ठूलो आउने क्रम जारी रहेको र सो बाढीले बाँध स्थलमा रहेको सिमेन्ट बालुवा घोल्ने ब्याटिङ प्लान्ट बगाउन लागेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताए । खोलामा असामान्य बाढी आएकाले अझै आयोजनामा क्षति हुन सक्ने उनको भनाइ छ ।
यस आयोजनामा बाढी पसेसँगै सबै निर्माणका कार्य राकिएको छ । कूल आठ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको यस आयोजना अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी हुँदै पटकपटक म्याद थप गर्दैअघि बढिरहेको छ । रासस

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_lzksE9Fnor_cgu0zdefeb7fmjyowetpzahcyrnzklh0ptdosubyx8z7rfpd2ajlebsaexwv.jpg)
प्रतिक्रिया