सर्वोच्च बारले घिमिरे र केसीलाई सिफारिस गर्यो एमिकस क्युरीमा

काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको छ । आज बसेको बारको बैठकले प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमिकस क्युरीमा सिफारिस गरेको सचिव ऋषिराम घिमिरेले विज्ञप्ति जारी गरेर जनाएका छन् ।
जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।
रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट २/२ जना एमिकस क्युरी माग गरेको थियो । त्यही माग बमोजिम सर्वोच्च बारले सिफारिस गरेको हो । गम्भीर मुद्दामा अदालतले राय आवश्यक पर्ने ठानेमा एमिकस क्युरी माग गर्छ ।
बार एसोसिएसनले भने अझै सिफारिस गरेको छैन ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया