एकीकृत समाजवादीले सार्वजनिक गर्यो क्यूआर कोर्ड

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले आगामी १०औं महाधिवेशनका लागि आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौँमा बसेको समाजवादीको १०औं राष्ट्रिय महाधिवेशन आर्थिक परिचालन कमिटीको बैठकले आर्थिक सहयोगार्थ क्यूआर कोर्ड सार्वजनिक गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले क्यूआर कोर्ड उद्घाटन गर्दै २५ हजार जम्मा गरेको नेकपा (एकीकृत समाजवादी) का पार्टी कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।
उनले आर्थिक सहयोग संकलनका लागि रसिद प्याड छाप्ने काम भइसकेको बताए । त्यस्तै उनले महाधिवेशनका लागि क्यालेन्डर नै बनाएर आवश्यक तयारी भइरहेको उल्लेख गरे ।
श्रेष्ठले असारको १ गतेभित्र सबै महाधिवेशन प्रतिनिधि चयन भइसक्ने जानकारी दिए ।
बैठकमा अध्यक्ष नेपालले पार्टीको १०औं राष्ट्रिय महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने बताएका थिए । नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि निर्धारण गरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया