काठमाडौँ-त्रिशुली चल्ने ईभीको भाडा घट्यो

नुवाकोट- काठमाडौँ-त्रिशुली भएर चल्ने ईभी माईक्रो बसको भाडा घट्ने भएको छ ।
नुवाकोटमा रहेका विभिन्न यातायात समितिले बिहीबार २० गते देखि लागू हुने गरी भाडा घटाउने बताएका हुन् । टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीका अनुसार ईभी माईक्रोको भाडा तीन सय ३० रुपैयाँ कायम गरिएको छ । यात्रुहरूको माग र सरोकारवालाहरूको आग्रहअनुसार ईभी माइक्रोको भाडा घटाएको उनले बताए ।
यस्तै जिल्लामा रहेको अन्य यातायात समितिद्वारा सञ्चालित ईभी माइक्रोहरूले पनि २० गते बिहीबारदेखि भाडा घटाउने बताएका छन् ।
यसअघि ईभी माईक्रोको भाडा ३ सय ५० रुपैयाँ कायम गरिएको थियो । सरकारले ईभी गाडीको भाडा निर्धारण नगरेको कारण यातायात व्यवसायीहरूले ईभीको भाडा आफूखुसी लिँदै आएका छन् ।
नुवाकोटमा टिमुरे यातायात प्रा.ली, नमस्ते पासाङल्हामु यातायात प्रा.ली र नेपाल माइक्रो बस कम्पनी प्रालिले ईभी माइक्रो सञ्चालन गरिरहेका छन् ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया