मिसन ८४ पूरा गर्न सत्ता गठबन्धन गरिएको हो : वरिष्ठ उपाध्यक्ष पोखरेल

पर्सा- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री ईश्वर पोखरेलले मिसन ८४ पूरा गर्न वर्तमान सत्ता गठबन्धन बनाएको जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई आज वीरगञ्जमा सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले एमालेलाई सिध्याउने मनसाय राखि बनाएको सत्ता गठबन्धन नभई २०८४ सालमा हुने आम निर्वाचनमा एमालेलाई बहुमत हासिल गर्ने योजनाअनुसार वर्तमान सत्ता समीकरण बनाइएको प्रस्ट पारे ।
उनले विकासको कुरा नगर्ने, भ्रष्टाचार, विभेद र छुताछुतविरुद्ध नबोल्ने एमालेका कार्यकर्ता हुनै नसक्ने बताए । सामाजिक सद्भावलाई खलल पुर्याउने र हिन्दूलाई मुस्लिमसँग जुधाउनेविरुद्ध खडा हुन नसक्ने नेकपा (एमाले) का कार्यकर्ता हुन नसक्ने उनले प्रस्ट पारे । एमालेका कुनै पनि नेता वा कार्यकर्ता जातीय सद्भावलाई खलबलाउने कार्यमा संलग्न भएमा दण्डको भागीदार हुने उनले बताए । धार्मिक, सामाजिक सद्भाव र आपसी भाइचाराले मात्र मुलुक बलियो नेपाली समाज समृद्ध हुन सक्ने उनको भनाइ थियो ।
एमाले पर्साका इन्चार्ज विश्वम्बर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एमालेका सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराईले मुलुकमा उद्योग–व्यवसायको विकास नभई समृद्धिको लक्ष्य हासिल गर्न नसकिने भएकाले वीरगन्जको चिनी कारखाना, कृषि औजार कारखानाजस्ता बन्द भएका उद्योगलाई पुनः सञ्चालन गर्न सरकारलाई अपिल गरे ।
उनले समग्र तराईकै विकासको सम्भावना बोकेको हुलाकी राजमार्गको अधुरो कामलाई चाँडै पूरा गर्न सरकारलाई आग्रह गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया