कम्युनिष्ट एकताका प्रयास भएका छन् : अध्यक्ष नेपाल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले मुलुकको राष्ट्रिय राजनीतिलाई सही दिशा निर्देश गरेकाले अहिले जनताको विश्वास जित्दै आइरहेको बताएका छन् ।
पार्टीनिकट अखिल नेपाल महिला सङ्घद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा उनले समाज परिवर्तनका लागि विगतमा कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अध्यक्ष नेपालले आफ्नो पार्टीले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण कायम गर्न सही नीति, सिद्धान्त, कार्यक्रमको अवलम्बन गरेको प्रस्ट पारे । उनले समाजका आधारभूत आवश्यकता सम्बोधन गर्न चुनावका लागि चुनाव नभई जनतादेखि जनतासम्मको कार्यक्रम सञ्चालन गरी साङ्गठनिक सुदृढीकरण गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीको व्यापक जनसमर्थन र लोकप्रियता रहेको समयमा भएको टुटफुटले जनतामा निराशा र आक्रोश बढेको बताए । देश र जनताको हितलाई सर्वोपरि राखेर कम्युनिष्ट एकताका प्रयास भएको बताए । उनले त्यसका लागि बलियो आधार तयार हुन नसकेको उल्लेख गरे ।
अध्यक्ष नेपालले वामपन्थी शक्तिबीच एकतालाई कायम गर्न आफ्नो पार्टीले जस्तो पनि त्याग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले मुलुकको राष्ट्रियता, जनताको जनजीविका, स्वतन्त्रता, लोकतन्त्रको माध्यमबाट सबै नागरिकलाई सामाजिक न्यायका साथै समानताका कानुनी अधिकारलाई सुरक्षित गर्न सकिने विचार व्यक्त गरे ।
सो अवसरमा अध्यक्ष नेपालले सङ्घका विभिन्न प्रकाशन विमोचन गरेका थिए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया