भारतमा ७५ दिनयताकै कम कोभिड सङ्क्रमित

नयाँ दिल्ली: भारतमा आइतबार ६० हजार ४७१ व्यक्तिमा कोभिड सङ्क्रमण देखा परेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । हिजो सोमबार भारतमा ७५ दिनयताकै यो सब भन्दा कम सङ्क्रमित फेला परेको हो ।
गत २४ घण्टामा भारतमा कोभिड सङ्क्रमणको कारण २ हजार ७२६ जनाको मृत्यु भएपछि भारतमा कोभिडबाट मृत्यु हुने कूल व्यक्तिको संख्या ३ लाख ७७ हजार ३१ भएको जनाइएको छ । यहाँ हाल सङ्क्रमितको कूल संख्या २ करोड ९५ लाख ७० हजार ८८१ पुगेको मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।
गत २४ घण्टामा १ लाख १७ हजार ५२५ जना कोरोना भाइरस सङ्क्रमित मुक्त भएका छन् । यसैसँग भारतमा २ करोड ८२ लाख ८० हजार ४७२ जना मुक्त भएका बताइएको छ । भारतमा सङ्क्रमण मुक्त हुने दर ९५.६४ प्रतिशत रहेको छ । हाल यहाँ ९ लाख १३ हजार ३७८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
कोभिड सुरु भएयता हालसम्म यहाँ ३८ करोड १३ लाख ७५ हजार ९८४ जनाको कोरोना परिक्षण भएको सरकारी स्रोतले जानकारी दिएको छ । गत जनवरी १६ बाट भारतमा कोभिडविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि जुन १३ तारिखसम्म भारतमा २५ करोड ३१ लाख ९५ हजार ४८ डोज खोप लगाइएको थियो ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया