सरकारले पहिचानवादीको अपमान गर्यो, मागलाई बेवास्ता गर्यो : राजेन्द्र महतो

काठमाडौँ- राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौँमा सांस्कृतिक प्रतिरोध गरेको छ ।
ऐतिहासिक कालदेखि औपनिवेशिक राज्यद्वारा स्वदेशी राष्ट्रहरूमाथिको सांस्कृतिक अतिक्रमणविरुद्ध माफी मगाउन भन्दै राष्ट्रिय मुक्ति क्रान्तिले सोमबार काठमाडौँको माइतीघरमा सांस्कृतिक प्रतिरोध कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिरोधका क्रममा विभिन्न समुदायले आफ्नो पहिचानसहितको सांस्कृतिक र्याली निकालेको थियो । सांस्कृतिक प्रतिरोध कार्यक्रममा महतोले आफ्नो पहिचान प्रदर्शन गर्ने क्रममा राज्यले गरेको हस्तक्षेप समग्र पहिचानवादीका अपमान भएको बताउनुभयो ।
उनले उक्त घटनामा दोषीलाई माफी मगाउनुपर्ने र क्षतिको उचित क्षतिपूर्ति दिनुपर्ने मागलाई बेवास्ता गरेकाले सांस्कृतिक प्रतिरोध गर्नुपरेको धारणा राखे ।
यसअघि राष्ट्रिय मुक्ति क्रान्तिले गरेको प्रदर्शनका क्रममा विभिन्न धर्मावलम्बीमाथि राज्यले दमन गरेको भन्दै सांस्कृतिक प्रतिरोधको आयोजना गरेको बताइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया