चालु आर्थिक वर्षका सबै योजना जेठ मसान्तभित्र सम्पन्न गर्छौं : मुख्यमन्त्री कँडेल

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षका सबै योजनाहरू जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी सरकार अगाडि बढिरहेको बताएका छन् ।
प्रदेशसभाको आजको बैठकमा उनले विगतमा जस्तो अब असारमा योजना कार्यान्वयन गर्ने पक्षमा आफू नरहेको जिकिर गरे । 'जेठ मसान्तभित्र सबै कामहरू गरिसक्ने गरी सरकार अगाडि बढिरहेको छ । मेरो नेतृत्वको सरकार असार महिनामा कुनै पनि ठेक्का लगाउने र योजना कार्यान्वयन गर्ने पक्षमा छैन,' मुख्यमन्त्री कँडेलले सभामा भने ।
उनले चालु आवका विभिन्न योजना शीर्षकमा बाँकी रहेको रकम प्राथमिकताका आधारमा क्रमागत र बहुवर्षे योजनामा खर्च गर्न आफू तयार रहेको समेत बताए ।
मुख्यमन्त्री कँडेलले सबैले अनुभूत गर्ने गरी सरकारले काम गर्ने र सङ्घीय सरकारलाई बजेट विनियोजनका लागि पठाएका योजनामा समेत आफूले त्यही मान्यतालाई अनुशरण गरेको बताए ।
त्यस्तै, अघिल्लो सरकारले गरेका राम्रा कामहरूलाई प्राथमिकता राखेर अगाडि बढ्न तयार रहेको उनले बताए । प्रदेशसभाका हिउँदे अधिवेशन आजैदेखि अन्त्यका लागि सिफारिस गरेको पनि उनले सदनलाई जानकारी गराए ।

स्वर्णिम वाग्लेको प्रश्न : दक्षिण एशियाली सपना कोमामा छ, ब्यूँताउने हो कि मर्न द…

कांग्रेस बैठकमा देउवाको ब्रिफिङ : गभर्नर नियुक्ति चाँडै हुन्छ

भारतको पक्षमा उभियो कांग्रेस, भन्यो- आतंकवादको खिलापमा हुने कारबाहीलाई जायज…

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न : रविन्द्र थुनिने, मन्त्री प्रकाशमानकी दिदी पक्राउ …
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

कांग्रेस पदाधिकारी बैठक बस्दै

गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट

प्रतिक्रिया