बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

बझाङ प्रदेश सभामा एमालेका दमनबहादुर भण्डारी विजयी

फाइल तस्बिर

काठमाडौँ- बझाङको प्रदेश सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् । सोमबार दिउँसो आएको मतपरिणाम अनुसार एमालेका उम्मेदवार भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

भण्डारीले ११६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए । तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन् ।

प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए । २०७९ सालको चुनावमा यहाँ गठबन्धनबाट कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए ।

उनले नेकपा एमालेका अभिभाल ओखेडालाई हराएका थिए। सिंहले १७ हजार १ सय १२ मत ल्याएका थिए भने ओखेडाले १३ हजार ३३६ मत ल्याएका थिए ।