बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

इलाम-२ : सुहाङले ८८९८ मत पाउँदा अरूले कति पाए ?

काठमाडौँ- इलाम-२ अन्तर्गत उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको अग्रता बढाउँदै लगेका हुन् ।

हालसम्मको मतगणनामा सुहाङले ८८९८ मत पाउँदा नेपाली कांग्रेसका डम्बर खड्काले ६२८२ मत ल्याएका छन् । नेम्वाङ २६१६ मतले अघि रहेका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डेकेन्द्र (लिम्बु) थेगिमले ४६३४ मत पाएका छन् । रास्वपाका मिलन लिम्बूले १३०५ मत ल्याएका छन् । हाल मत गणना जारी छ ।