मतका आधारमा जनताले विकास पाउने समस्या देखिएको छ : मुख्यमन्त्री भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मतका आधारमा जनताले विकास पाउने समस्या रहेको बताएका छन् । ‘मैले यो तितो सत्य भन्नै पर्छ स्थानीय, प्रदेश र संघीय चुनावमा मत पाएका आधारमा जनताले विकास पाउँछ । त्यस्को बारेमा कस्ले सोच्ने ? आदर्शमा कुरा गर्न सजिलो छ । तर व्यवहारमा जाँदा अपठ्यारो छ,’ प्रदेशसभाको आठौँ अधिवेशनको ११ औँ बैठकमा बोल्दै मुख्यमन्त्री भट्टले भने ।
सबै क्षेत्रमा विकासमा राजनीति भइरहेको बताउँदै मुख्यमन्त्री भट्टले प्रदेश सरकारले बजेटमा साना योजना राख्नुपर्ने बाध्यता रहेको बताए । ‘मत कसै अरुलाई दिएको छ तर विजयी कोही अरु भएको छ भने त्यो टोलमा ३/४ बर्षसम्म एउटा पाँच लाखको योजना समेत पर्दैन्,’ उनले भने, ‘त्यो ठाउँको लागि हामीले बोल्ने कि नबोल्ने ? सिद्धान्तको मात्रै रटान गरेर जनताका आवश्यकता कहिलेकाँही पूरा नहुन सक्छन् ।’
मुख्यमन्त्री भट्टले केन्द्रको आर्थिक वितरण प्रणाली पनि न्यायपूर्ण नरहेको बताए । ‘सुदूरपश्चिमलाई र कर्णालीलाई अन्य प्रदेशजस्तै गरी रकम दिइयो भने यी प्रदेश अगाडि बढ्न सक्दैनन्,’ उनले भने, ‘जनसंख्या र भूगोलको आधारमा मात्रै बजेट वितरण गरेर हुदैन । पिछडिएका जाति, समुदाय र वर्गको आधारमा विशेष बजेट विनियोजन भएजस्तै विगतमा पछाडि रहेको ठाउँलाई प्राथमिकता दिनुपर्छ ।’
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले समेत सुदूरपश्चिमलाई न्याय गर्न नचाहेको मुख्यमन्त्री भट्टले आरोप लगाए । ‘वित्त आयोगसँग कुरा गर्दा जहाँ कर बढी उठ्छ र जहाँ खर्च गर्ने क्षमता छ त्यही बजेट दिन्छौ भनियो । लगानी नै नगरिएको ठाउँमा कर कसरी उठ्छ ? सगरमाथामा जति अपी साईपालमा कहाँ लगानी छ ? हामीले कर कहाँबाट उठाउने ?’ मुख्यमन्त्री भट्टले प्रश्न गरे । उनले केन्द्रबाट दिइने अनुदानहरू यस वर्ष नबढेको हुनाले सुदूरपश्चिममा बजेटको आकार घटेर आउनेसमेत बताए ।

अग्रज र सहिदका सङ्कल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छः प्रधानमन्त्री ओली

बालबालिकालाई संस्कारसहितको शिक्षा दिनुपर्छ : मुख्यमन्त्री कँडेल

देश समृद्ध बनाउन जोखिम मोलेरै काम गर्नुपर्छ : महासचिव पोखरेल

राजनीतिप्रति युवाहरूको वितृष्णा बढ्यो, आकर्षणमा बदल्नु मुख्य चुनौती : शेखर को…

‘मूलधारका मिडियालाई न्यू मिडियाले चुनौती खडा गरेको छ’

पार्टी फुटाउने नेतालाई अहिले पश्चाताप भइरहेको छ : महासचिव पोखरेल

आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्छः सभापति देउवा

प्रतिक्रिया