बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

इलाम-२ मा कांग्रेस उम्मेदवारलाई पछि पार्दै सुहाङले लिए अग्रता

इलाम-  फाकफोकथुम गाउँपालिका वडा नम्बर १, २, ३ र ४ को गणना सम्पन्न हुँदा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता लिएका छन् ।

प्राप्त नतिजाअनुसार हालसम्म पछि परेका एमाले उमेदवार नेम्वाङ अघि लागेका छन् ।

हालसम्म ५ हजार ८६८ मत गणना हुँदा एमालेले २ हजार ५४२ , कांग्रेसले २ हजार १९६, स्वतन्त्र उमेदवार थेगिमले ५९३, रास्वपाले ३७९ मत प्राप्त गरेको छ । सुहाङ ३४६ मतले लिड गरिरहेका छन् ।