९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचdf रहेको बताएका छन् ।
काठमाडौँको चन्द्रागिरीमा मर्स्याङ्दी-काठमाडौँ २२० केभी प्रशारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसन आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइरहेको बताए ।
उत्पादित जलविद्युत् देशभित्रै खपत गर्ने गरी विद्युत् खपत वृद्धिसम्बन्धी कार्ययोजना मन्त्रिपरिषदबाट पारित गराएर कार्यान्वयनमा ल्याइरहेको उनको भनाइ थियो । नेपालको विकासमा यो एउटा ठूलो टर्निङ प्वाइन्ट भएको प्रधानमन्त्रीको भनाइ छ ।
विद्युत खपतको महत्वपूर्ण मानिएको यातायात क्षेत्रमा अहिले विद्युतीय सवारीसाधन प्रयोग देशभर विस्तार भइरहेको र पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याएको उनले बताए ।
प्रधानमन्त्री दाहालले जलवायु परिवर्तनको नकारात्मक प्रभावका कारण नेपालका सुन्दर हिमालहरू प्रभावित भएको बताए । जलविद्युत् उत्पादनमा पनि जलवायु परिवर्तनको प्रभाव परेको उनको भनाइ छ ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया