प्रहरीद्वारा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ९ वर्षपछि पक्राउ गरी सार्वजनिक

काठमाडौँ- प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ साल कार्तिक १ गते काठमाडौँ सेतिदेवीमा एक महिलाको हत्या गरी फरार रहेका म्याग्दी घर भएका समरबहादुर सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनले काठमाडौँ सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु स्थायी वतन भएकी वर्ष २३ की सुनमाया किसान (सार्की) को हत्या गरेका थिए । सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समरबहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डिएसपी सुरक्षा केसीले जानकारी दिइन् ।
वैशाख १६ गते काठमाडौँको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समरबहादुरलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया