लगानी सम्मेलनमा दुई सम्झौता

काठमाडौँ- आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई विषयमा सम्झौता भएको छ ।
लगानी बोर्डका अनुसार डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो ।
बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निर्माणका लागि एमओयु भएको हो ।
सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्द्धन गर्ने गरी सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल र नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियाका अध्यक्ष टान स्री दातो सो थीयान लाईले हस्ताक्षर गरेका हुन् ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

प्रतिक्रिया