लगानीकर्तामा नयाँ विश्वासको वातावरण बन्यो : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनमा लगानीकर्ताको उत्साहजनक सहभागिताले नयाँ विश्वासको वातावरण बनेको बताएका छन् । आजदेखि यहाँ सुरु भएको तेस्रो लगानी सम्मेलनको उद्घाटन सत्रको समापनपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले नेपालमा लगानीको उचित वातावरण बनाइएसँगै लगानी भित्रने विश्वास व्यक्त गरे ।
“हामीले जति वातावरण बनाउन सक्यौँ, त्यति लगानी आउने हुन्छ । आजदेखि नयाँ विश्वासको वातावरण बनेको छ”, प्रधानमन्त्री दाहालले भने । लगानी सम्मेलनको उद्घाटन सत्र उत्साहजनक रहेको उल्लेख गर्दै उनले सहभागी मुलुक र लगानीकर्ताको सहभागिताको दृष्टिकोणबाट निकै राम्रो भएको बताए ।
“उद्घाटन सत्र धेरै राम्रो भयो । हामीले सोचेकोभन्दा सहभागीको सङ्ख्या धेरै बढ्यो । एक हजार दुई सय हाराहारी होला भनेको दुई हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रह्यो”, प्रधानमन्त्री दाहालले भने, “४५–५० देशको सहभागिता रहला भन्ने अनुमान गरिएको थियो । सहभागी मुलुकको सङ्ख्या ६० भन्दाबढी रह्यो ।”

आजका लागि विदेशी मुद्राको विनिमय दर

रैथाने कृषि उपजलाई बजारीकरण गर्दै ढिकी जाँतो

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा कारोबार हुँदैछ?

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

प्रतिक्रिया