वर्षाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, आपतकालिन अवस्थाका यात्रु अलपत्र
बुटवल : दुईदिन देखि जारी वर्षाका कारण लुम्विनी प्रदेशका विभिन्न जिल्लामा बाढी र पहिरोले क्षति पुर्याएको छ । बाढीले डाइभर्सन बगाउँदा बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत चरंगेमा राजमार्ग अवरुद्व भएको छ । बाटो अवरुद्ध हुँदा आपतकालिन अवस्थामा हिडेकाहरु अलपत्र परेका छन् ।
बुटवल पाल्पाको सडकखण्डमा ठाँउठाँउमा पहिरो खसेको छ । पहिरो हटाउने र एकतर्फि सडक सुचारु गर्ने काम भैरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । निरन्तरको वर्षाका कारण तिनाउ नदिको बाढी खतराको संकेत पार गरेको छ । नदि किनारका वासिन्दालाई सुरक्षित रहन प्रशासनले अपिल गरेको छ । पाल्पाको डुम्रेमा पहिरो खसेको पाल्पा प्रहरीले जनाएको छ ।
साना नदि र कुलाहरुमा समेत ठुलो वाढि आएपछि किसानहरुले राखेको धानको बीउ डुबाएको छ । बाढीका कारण बीउ नष्ट भए समयमा धान रोप्न नसक्ने किसानहरुको चिन्ता छ । बाढीको अवस्थाको जानकारी लिन आफुहरु पनि फिल्डमा निस्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_mJETgvyygj_ajt0l1bzvgcr5mhqc7hshwiedsp7paejihnlrx1ak375blishhvm8dhjdyb5.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

प्रतिक्रिया