रन्जितासँग सहमतिपछि रेशम भन्छन्- लुम्बिनी र सुदुरपश्चिममा समर्थन फिर्ता लिन्छौं

धनगढी - नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी र उनकी श्रीमती समेत रहेकी अध्यक्ष रन्जिता श्रेष्ठबीच सहमति भएको संकेत देखिएको छ ।
रेशमले शनिबार पार्टीका नेताहरूको उपस्थितिमा रन्जितासँग छलफल गर्दै सहमति भएको संकेत दिएका छन् । उनले आफ्नो फेसबुकमा दुई वटा पोष्टले उनीहरुबीचको विवादमा सहमति भएको बुझ्न सकिन्छ ।
रेशमले पहिलो पोष्टमा भनेका छन्- 'महासचिव ठाकुर सिङ थारूलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी चलाउ भन्ने रन्जिताको आग्रहलाई स्वीकार गर्दै मैले पनि यो फोटो पोष्ट गरें ।' त्यसपछिको पोष्टमा उनले 'हामी छिट्टै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं' लेखेका छन् ।
रेशमको यो पोष्टले भर्खरै मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीको पद धरापमा पर्ने देखिएको छ । उनले सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएपछि दुवै प्रदेशका सरकार धरापमा पर्ने देखिएको छ ।
यस बैठकले सुदुरपश्चिममा मुख्यमन्त्री दाबी गर्ने निर्णय गरेको नाउपाका नेताहरूले बताएका छन् । यसका साथै रेशम र रन्जिताबीच कारबाही गरिएकाको कारबाही फुकुवा गर्ने, मुख्यमन्त्री दाबी गर्ने, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सहमति भएको नेताहरूले बताएका छन् ।
नाउपामा देखिएको यो सहमतिले एकीकृत समाजवादीका मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना न्यून हुँदै गएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया