बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

उपनिर्वाचन : बझाङमा सर्वदलीय बैठकको तयारी

बझाङ - बझाङमा मतपेटिका संकलन पूरा भएसँगै मतगणनाका लागि सर्वदलीय बैठकको तयारी भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि मतगणना गर्ने गरी तयारी भइरहेको छ ।

“अहिले हामी तयारी गरिरहेका छौँ”, मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भने, “सबै मतपेटिका  संकलन भइसकेका छन्, ११ बजे सर्वदलीय बैठक बसेर १२ बजेदेखि तीन स्थानमा गणना थाल्ने योजना छ ।”