इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौँ- इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको जानकारी दिएको छ ।
इलाम-२ मा इलाम नगरपालिका वार्ड नं. ७ स्थित गौतम बुद्ध सभागृहमा मतगणनाको तयारी गरिँदै छ । आयोगका अनुसार राति ११ बजेसम्म सबै मतपेटिका मतगणना स्थलमा आइपुग्ने जनाएको छ । त्यसपछि राति नै मतगणना सुरु हुने छ ।
त्यस्तै बझाङको उपनिर्वाचनका मतपेटिका भने आइतबार बिहान १० बजेसम्म मात्र संकलन भइसक्ने आयोगले जनाएको छ ।
आयोगका अनुसार बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ का मतपेटिका मतगणनास्थल बझाङ जिल्ला अदालत चैनपुरमा हवाईमार्गबाट समेत ढुवानी गर्नुपर्ने भएकोले आइतबार बिहान १० बजे भित्र ढुवानी भइसक्ने छन् । त्यसपछि मात्र बझाङको मत गणना शुरु हुने आयोगले जनाएको छ ।
शनिबार सम्पन्न मतदानमा इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ ।
यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।
यसअघि २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा इलाम-२ मा ५९.७८ प्रतिशत तथा बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ५२.९८ प्रतिशत मतदान भएको थियो ।

विपन्न महिलाको उत्थानका निम्ति नवउद्यम कार्यक्रम

आज बागमती प्रदेशमा सार्बजनिक बिदा

आज कुन-कुन प्रदेशमा पानी पर्दैछ?

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

मुग्लिनमा मापसे गरेका चालकले बस एकआपसमा ठोक्काए, प्रहरीले लियो नियन्त्रणमा

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_WeVKi6lx8w_mgr07r0pazd7iuijohqzb2ynx5tjw2wwh5fo5d0sai2zmaqxpks5q8270uxz.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

प्रतिक्रिया