मसँग सम्पत्ति छैन र भएको सम्पत्ति पनि दान गरिसकेँ, सम्पत्ति कमाउने कुनै लोभ लालच छैन : केपी ओली

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ध्यान समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा केन्द्रित रहेको बताएका छन् ।
शनिवार सुनसरीको चतराधाम कुम्भ मेलामा पुगेका ओलीले देश, जनता र मावनकल्याणका लागि समर्पित हुँदै समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका हुन् ।
उनले आफूसँग सम्पत्ति नरहेको र भएको सम्पत्ति समेत दान गरिसकेको अवस्थामा सम्पत्ति कमाउने कुनै लोभ लालच नभएको जिकिर गरे ।
आफू एक प्रकारको सन्त नै भएको उनको भनाइ छ । ओलीले कोशी क्षेत्र सप्तऋषिहरूले तपस्या गरेको पवित्र भूमि भएकाले धार्मिक इतिहाससँग जोडिएको स्थानको विकासका लागि आफूले सदैव सहयोग गर्ने प्रतिबद्धता जनाए ।
ओलीले पवित्र देवभूमिको संरक्षण गर्नुपर्ने र आगामी पुस्ताहरूलाई पनि यसबारे अवगत गराउनुपर्ने बताए । यस वर्ष चतराधाम कुम्भ मेलामा १२ लाख भक्तजनले स्नान गरेको आयोजक समितिले जनाएको छ । चैत २७ गते सुरु भएको पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया