जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपाल भ्रमण गर्ने
नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी हुने

जापान- जापानका परराष्ट्र मन्त्री कामिकावा योकोले नेपालको औपचारिक भ्रमण गर्ने भएकी छन् । आगामी मे महिनाको ५ तारिकमा कामिकावाले नेपालको औपचारिक भ्रमण गर्ने जापानको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणको सिलसिलामा उनले आफ्नो समकक्षी नेपाल सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठसँग दुईपक्षीय हितका विषयहरूमा वार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । भेटमा सन् २०२६ मा नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्ष पुग्ने विषयमा कुराकानी गरिने जापानको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ ।
यस्तै नेपाल अति कम विकसित मुलुकबाट माथि उक्लिनका लागि पनि जापानसँगको सम्बन्ध र सहयोगका विषयहरूमा कुराकानी हुने जनाइएको छ ।
जापानस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सन् २०२२ मा जापानमा राजदूत नियुक्ति हुनासाथ जापानबाट नेपाल र नेपालबाट जापानमा उच्च स्तरीय भ्रमण गराउन पहल गरिरहेका थिए । विभिन्न औपचारिक तथा अनौपचारिक भेटघाटहरूमा राजदूत डा सुवेदीले कूटनीतिक च्यानल तथा व्यक्तिगत रूपमा पनि नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए ।
आसन्न नेपालको लगानी सम्मेलनमा पनि जापानबाट ४० भन्दा बढी सहभागीहरूले भाग लिने योजना रहेको छ ।

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

चीनसँग व्यापार र पर्यटनमा सहकार्यका लागि मुख्यमन्त्री पाण्डेको प्रस्ताव

एमच्याम नेपाल र अमेरिकी वाणिज्य विभागद्वारा आइसीटी व्यापार र लगानी प्रवद्र्धनका…

आर्थिक कुटनीतिमा अवैतनिक वाणिज्यदूतहरुको भूमिका महत्वपूर्ण, परराष्ट्र मन्त्री रा…

बर्दियाका ८ पालिकामा ग्रामीण विकास परियोजना कार्यान्वयन हुने

प्रतिक्रिया