सोमबार १६ असार, २०८२
Monday, June 30, 2025

कप्तान रोहितको वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक

काठमाडौँ- कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पूरा गरेका छन् ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाउने क्रममा कप्तान रोहितले उत्कृष्ट ब्याटिङ गर्दै अर्धशतक पूरा गरेका हुन् । उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले १०.३ ओभरमा ३ विकेट गुमाएर ९४ रन बनाएको छ ।