पर्यटक सवारी साधन पहिचान हुने नमुना चिह्न व्यवस्था गरिदिन यातायात व्यवसायी संघको माग

काठमाडौँ- नेपाल पर्यटक यातायात व्यवसायी संघले सरकारसँग पर्यटक सवारी साधनहरू पहिचान हुने नमुना चिह्नको व्यवस्था गर्न माग गरेको छ ।
संघले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङलाई ज्ञापन पत्र बुझाउँदै पर्यटक सवारी साधनलाई पर्यटक सवारीहरूको गुणस्तर र सुरक्षित गुडविल पनि लोप हुन सक्ने भएकाले पहिचान गर्न सम्भव भएसम्म पर्यटक इम्बोस्ड नम्बर प्लेट व्यवस्था गरिदिन माग गरेको हो ।
संघका अध्यक्ष बेदराज बास्तोलले पर्यटक सवारी साधन सञ्चालन गर्ने कम्पनीको नाममा दर्ता रही सञ्चालनमा रहेका रातो प्लेटका सवारी साधनहरूलाई ट्राफिक प्रहरीले कारबाहीको दायरामा ल्याएकाले व्यवसायीहरू मारमा परेको बताएका छन् ।
'यातायात ऐनमा रहेको व्यवस्थालाई संशोधन गरी रातो प्लेट कायम रहेका सवारी साधनलाई वर्गीकरण गरी कम्पनीको नाममा रहने सवारी साधन व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाउने व्यवस्था मिलाउनुपर्छ,' उनले भने ।
ट्राभल तथा ट्रेकिङ कम्पनीले सवारी साधनहरू समेत भाडामा दिने कार्य गरेकाले त्यस्ता कार्यलाई नियन्त्रण गरिदिन बास्तोलाले आग्रह गरेका छन् । 'सवारी साधनहरू भाडामा लिने दिने कार्य गर्न हो भने पर्यटन यातायात व्यवसाय संचालन गर्न तोकिएको क्राइरेटिया पूरा गरी पर्यटन कार्यालयबाट इजाजत पत्र लिएर मात्र व्यवसाय गर्न दिनुपर्छ,' उनले अगाडि थपे ।
नेपाल पर्यटक यातायात व्यवसायी संघ नेपालभित्र छरिएर रहेका पर्यटक यातायात सवारी साधन सञ्चालनको इजाजत लिई सञ्चालित व्यवसायी कम्पनीको छाता संस्था हो । यस संस्था अन्तर्गत करिब २५० वटा व्यवसायीक कम्पनीहरू छन् । हाल सानो, मझौला र ठूलो गरी करिब चार हजार जति संख्या पर्यटक सवारी साधनहरू सञ्चालनमा छन् । करिब ४५०० जनाले रोजगारी पाएका छन् ।

अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक

पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु

नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटक

वर्षान्त २०८१ः होटलमा लगानी ओइरिएको वर्ष

नगरकोट भ्रमण वर्ष तयारी पूरा

पर्यटकीय हब बन्दै मुस्ताङको मार्फा

मार्चमा एक लाख २१ हजार बढी विदेशी पर्यटक नेपाल आए, कुन देशबाट कति ?

प्रतिक्रिया