बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

इलाममा ४२ र बझाङमा ३५ प्रतिशत मतदान

काठमाडौँ- इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ ।

अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा-१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ ।

आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रूपमा संचालन भइरहेको छ ।