पर्सामा बाल सुधारका तीनसहित ६ कैदीबन्दीले दिए कक्षा १२ को परीक्षा

वीरगञ्ज- पर्साको बाल सुधार गृहमा रहेका तीन जनासहित छ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन् । शुक्रबारदेखि सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा बाल सुधार गृह पर्सामा रहेका तीन जना र कारागार कार्यालय पर्सामा रहेका तीन जना कैदीबन्दीले पनि परीक्षामा सहभागिता जनाए ।
बाल सुधार गृह पर्साका प्रमुख टीकाकृष्ण काफ्लेले त्रिजुद्ध माध्यमिक विद्यालय अन्तर्गत रही तीन जना बाल सुधार गृहमा रहेका विद्यार्थीले परीक्षा दिएको बताए । 'त्रिजुद्ध विद्यालयबाट एक जना परीक्षा लिनका लागि प्रतिनिधि आउनुभएको थियो । उहाँकै निरीक्षणमा बाल सुधार गृहबाट तीन जना सुधार गृहमा रहेका बालकहरूले परीक्षा दिएका छन्,' उनले भने, 'बाल सुधार गृहमा रहेर अध्ययन गर्न चाहनेका लागि सहज वातावरण उपलब्ध गराउँदै आइरहेका छौँ ।'
परीक्षा दिने तीन विद्यार्थीमध्ये दुई जना जबर्जस्ती करणी अभियोग पुष्टि भएर बाल सुधार गृहमा आएका हुन भने एकजना भने सवारी ज्यान मुद्दामा आएका हुन् । बाल सुधार गृहमा एक सय १९ जना बालक छन् ।
गत चैतमा भएको एसइई परीक्षा यहाँका चार जना विद्यार्थी सहभागी थिए । कारागार कार्यालय पर्साबाट पनि यसपालीका कक्षा १२ को परीक्षामा तीन जना कैदीबन्दीले परीक्षा दिएका छन् । उनीहरुले पनि त्रिजुद्ध माध्यमिक विद्यालय अन्तर्गत कारागार परिसरबाटै परीक्षा दिएका हुन् । तीनै जना कैदीबन्दी पुरुष छन् ।

विद्यालयलाई अक्षयकोष रकम हस्तान्तरण

एसइईको नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

‘विद्यार्थीको सङ्ख्याका आधारमा आङ्गिक शिक्षालयले कार्यक्रम सञ्चालन गर्नुपर्ने’

काठमाडौँ विश्वविद्यालयद्वारा नेसनल प्याबसनलाई प्रि-स्कुल पाठ्यक्रम हस्तान्तरण

नेसनल प्याब्सन बुढानिलकण्ठद्वारा विद्यालय सहयोगी, कर्मचारी र सुरक्षा गार्डका लाग…

गणित बोलौं ! केवल पाँच दिनमा, विद्यालयबाट गणित संग्रहालयसम्म

विद्यार्थीलाई ‘हाउस वायरिङ’ तालिम

प्रतिक्रिया