इतिहासमा आज : त्यो शक्तिशाली भूकम्प

काठमाडौँ- आज बैशाख १२ गते अर्थात अप्रिल २४ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
विसं २०७२ वैशाख १२ गते नेपालमा शक्तिशाली भूकम्प गयो । बिहान ११:५६ बजे गएको ७.८ रेक्टरस्केलको भूकम्पले करिब ९ हजार जनाले ज्यान गुमाए भने हजारौँ घाइते भएका थिए । गोरखाको बारपाकमा केन्द्रविन्दु भएपनि सबैभन्दा बढी मानविय क्षति भने सिन्धुपाल्चोकमा भएको थियो । सिन्धुपाल्चोकमा मात्रै ३ हजार पाँच सय बढीले ज्यान गुमाएका थिए ।
सन् १९६० अप्रिल २४ मा बिलोक्सी मिसिसिपीमा दंगा भड्किएको थियो । प्रदर्शन गरिरहेका अश्वेत प्रदर्शनकारीहरूलाई गोरा मानिसहरूको भीडले आक्रमण गरेपछि सयौंले ज्यान गुमाएका थिए ।
सन् १९६२ अप्रिल २४ मा म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले क्याम्प पार्क क्यालिफोर्निया र वेस्टफोर्ड म्यासाचुसेट्सबीचको टेलिभिजन सिग्नलको पहिलो स्याटेलाइट रिले हासिल गरेको थियो ।
सन् १९६७ अप्रिल २४ मा सोभियत अन्तरिक्ष यात्री भ्लादिमिर कोमारोभको मृत्यु भयो ।
सन् १९७३ अप्रिल २४ मा भारतको महाराष्ट्रमा भारतीय क्रिकेटर सचिन तेन्दुलकरको जन्म भएको थियो ।
सन् २०१३ अप्रिल २४ मा बंगलादेशमा निर्माण गरिएको आठ तले व्यावसायिक भवन भत्किँदा १ हजार १ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया