कर्णालीका मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिने

सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले वैशाख १३ गते विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री कँडेलले वैशाख १३ गते विश्वासको मत लिन प्रदेश सभा सचिवालयमा पत्र दर्ता गराएका छन् । उनले विश्वासको मत लिनु अगाडि बुधबार सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।
गठबन्धन दल एमाले र माओवादीबीच मन्त्रालयको बाँडफाँडमा सहमति जुटेपछि मन्त्रिपरिषद् विस्तार गरेको भोलिपल्टै विश्वासको मत लिने सहमति भएको हो ।
चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले गठबन्धनमा रहेका दलहरूबीच सहमति जुट्न नसक्दा अहिलेसम्म सरकार गठन समेत गर्न सकेका छैनन् ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया