लोकतन्त्र दिवसलाई राजनीतिक दलहरूले प्राथमिकतामा राखेनन् : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले लोकतन्त्र दिवसलाई राजनीतिक दलहरूले प्राथमिकतामा नराखेको बताएका छन् ।
लोकतन्त्र दिवसका अवसरमा परिवर्तन अभियान नेपालले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पौडेलले अन्य धेरै दिवस मनाउने गरेपछि लोकतन्त्र दिवस औपचारिक रूपमा नमनाइएको भन्दै राजनीतिक दलहरूको प्राथमिकतामा लोकतन्त्र नपरेको स्पष्ट देखिएको बताएका छन् । उनले मुलुकमा लोकतन्त्र ल्याउन धेरै गोली चले पनि लोकतन्त्रमा जनताको अपेक्षा पूरा हुन नसकेको धारणा राखे ।
पौडेलले अनुशासित नेतृत्व र नैतिकता नभएको लोकतन्त्रले मुलुक र जनताको हित गर्न नसक्ने धारण राखे । उनले मुलुकको राजनीतिक नेतृत्वले नैतिकताको नजिर बनाउन नसकेको विचार प्रकट गरे । जनताको मतबाट वडा सदस्यदेखि राष्ट्राध्यक्षसम्म निर्वाचित गर्ने लोकतान्त्रिक प्रणाली भए पनि सबै क्षेत्रमा लोकतान्त्रिक अभ्यास अवलम्बन हुन नसकेको उनले बताए ।
पौडेलले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने भन्दै यसलाई प्राथमिकता राखेर अघि बढ्नुपर्ने धारणा राखे ।
त्यस्तै एमाले संसदीय दलका सचेतक सुनिता बरालले नेताहरूका जीवनशैली, व्यवहार र कामकारबाहीका आधारमा लोकतान्त्रिक अभ्यास मापन हुने बताए । सरकार र राजनीतिक नेतृत्वले जनतासामु गरेका प्रतिबद्धतालाई कार्यान्वयन र सम्बोधन गर्न आवश्यक रहेको उनले बताए ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया