८ वर्षअघिको स्ट्याटस गृहमन्त्री रविलाई बन्यो घाँडो, भन्छन्- सबै कुरा वैधानिक हिसाबले सही हुन्न
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सार्वजनिक बिदाबारे आफ्नो भनाइ सार्वजनिक गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले मंगलबार कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा सार्वजनिक बिदा दिएपछि गृहमन्त्री लामिछाने विवादमा तानिएका थिए ।
सन् २०१६ अक्टोबर २७ मा लामिछानेले 'कतै भेटेको कुरा । खुसी हुनुस्, भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा मात्रै घोषणा गरेछन् । धन्न "बाउको मुख हेर्ने दिन" घोषणा गरेनछन्' भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । लामिछानेको उक्त स्ट्याटस सोमबार सरकारले सार्वजनिक बिदा दिएपछि लामिछानेलाई व्यङग्य गर्दै सामाजिक सञ्जालमा भाइरल बन्यो ।
विगतका कयौं निर्णय र परम्परालाई नीतिगत निर्णय गरि सच्याउन समय लाग्ने भन्दै लामिछानेले मंगलबार सामाजिक सञ्जालमा लेखेका छन् । 'अनावश्यक विदा, भिआइपी सवारीका नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट, सुरक्षाकर्मीहरूलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरूलाई दिइँदै आएको अभुतपुर्व सुविधालगायतका तमाम विषयमा पदबाहल गरेको दिनदेखि नै लगातार काम गरिरहेको छु' लामिछानेले लेखेका छन् ।
रिजल्ट आउँदै गरेको भन्दै उनले विधि नै नफेरि कुनै व्यक्ति, देश वा घटना हेरेर फरक-फरक निर्णय गरिनु कुटनैतिक, राजनीतिक र वैधानिक हिसाबले सहि नहुने उल्लेख गरेका छन् । 'जे कुरा हिजो गलत भनिएको थियो त्यो आज पनि गलत नै हो, हिजोका अभिव्यक्तिहरूको गोताखोरी गर्नै पर्दैन । तर तीन दशकका अभ्यासहरूलाई सच्याउन समय त लाग्छ । धेरै काम हुँदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ' उनले लेखेका छन् 'विश्व अर्थराजनीतिमा नयाँ मानक स्थापित गर्दै रहेको, हाम्रा लाखौं युवाहरूलाई रोजगारीको अवसर दिइरहेको र नेपालसँग ऐतिहासिक कुटनैतिक सम्बन्ध स्थापित भएको मित्र राष्ट्र कतारका अमिर शेख तमिम बिन हमाद अल थानी लाई नेपालमा ससम्मान स्वागत गर्दछु ।'

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया