जैसवालको शतकमा राजस्थानले हरायो मुम्बईलाई

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराति भएको खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए ।
यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्वाधिक ६५ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए ।
यो यस सिजनमा राजस्थानको सातौं जित हो । ८ खेलमा ७ जित र एक हार बेहोरेको राजस्थानको १४ अंक रहेको छ र शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बईको भने यो यस सिजनमा पाँचौं हार हो । ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अंकसहित सातौं स्थानमा रहेको छ ।

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_DjYIV35z4s_jkowf6ivcqzaxr1uvsbcoms12gyzppqah2frdf6t4xcjkaprh3qwojrs2nag.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया