पेट्रोलियम पदार्थ उत्खननको प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी

काठमाडौँ- दैलेखको पञ्चकोशीमा पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगतिबारे चिनियाँ पक्षले उद्योग, वातावरण तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई आज जानकारी गराएको छ ।
पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेश नापितका अनुसार चिनियाँ सरकारको ‘जिओलोजिकल सर्वे कम्पनी’ का परियोजना प्रमुख डा याङ पिङले कामका प्रगतिबारे मन्त्री भण्डारीलाई जानकारी गराएका हुन् । सो टोलीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य सुरु गर्ने जानकारी गराएको छ ।
सो टोलीले सन् २०१९ देखि हालसम्मका कामका बारेमा जानकारी गराउँदै दैलेखमा पेट्रोलियम पदार्थको सम्भावना उच्च रहेको जनाएको छ । त्यसको पुष्टि हुने परिमाण र गुणस्तरबारे जानकारी प्राप्त हुन बाँकी रहेको अन्वेषण परियोजना प्रमुख नापितले बताए ।
मन्त्री भण्डारीलाई जानकारी गराउने टोलीमा चिनियाँ सरकारको जिओलोजिकल सर्वे कम्पनीका सर्वेक्षण उपमहानिर्देशक डा मुको नेतृत्वसहितको विज्ञ समूह सहभागी थिए । जानकारी लिइसकेपछि मन्त्री भण्डारीले चिनियाँ सरकारको सहयोगको सराहना गर्दै आगामी दिनमा नेपालमा यस्ता क्षेत्रमा लगानी बढ्नेमा विश्वास व्यक्त गरे ।
उनले दैलेखको पेट्रोलियम पदार्थ उत्खननका लागि भइरहेको प्रगति अत्यन्त उत्साहजनक रहेको जानकारीले सरकारलाई उत्साहित बनाएको प्रतिक्रिया दिए । साथै उनले सरकारका तर्फबाट गर्नुपर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया