शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिती

बेइजिङ : चीनको सुन सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । 

यो सञ्चिती विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । 

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिती गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । (सिन्ह्वा)