कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारी पार्टीबीच कुनै फरक रहेन : मोहन वैद्य

काठमाडौँ- क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले कांग्रेस र नेपालका अन्य कम्युनिष्टधारी पार्टीबीच कुनै फरक नरहेको बताएका छन् ।
१५५ औं लेनिन जयन्तीको सन्दर्भमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा वैद्यले नेपालका कम्युनिष्ट पार्टीहरूमा अवसरवाद हावी भएको भन्दै उनीहरू कांग्रेसभन्दा फरक नरहेको बताएका हुन् । नेपालमा बामपन्थी र कम्युनिष्टहरूको पक्षमा राम्रो जनमत रहेकाले कम्युनिष्ट भनिएका पार्टीहरूले त्यसको फाइदा उठाइरहेको उनले बताए । उनले अहिले नेपालमा सच्चा कम्युनिष्टकारीको धार कमजोर रहेको पनि बताए ।
वैद्यले प्रतिक्रियावादको भण्डाफोर गर्दै सच्चा क्रान्तिकारी शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखे । उनले अब सच्चा क्रान्तिकारी शक्ति मिलेर नयाँ क्रान्तिको तयारी गर्नुपर्ने धारणा राखे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया