आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

बिक्री घटेपछि टेस्लाले घटायो मूल्य

काठमाडौँ- बिक्री घटेपछि विद्युतीय कार निर्माता टेस्लाले कारको मूल्य घटाएको छ ।

अर्बपति एलन मस्कको कम्पनी टेस्लाले अमेरिका, चीन र जर्मनीजस्ता मुख्य बजारमा कारको मूल्य घटाएको बीबीसीले जनाएको छ ।

सन् २०२४ को पहिलो तीन महिनामा टेस्लाको विश्वव्यापी सवारीसाधनको वितरणमा तीव्र गिरावट आएपछि कम्पनीले यो कदम चालेको हो ।

विद्युतीय सवारीसाधन निर्माता कम्पनीबीच तीब्र प्रतिस्पर्धा भएपछि मूल्यमा गिरावट आइरहेको बताइएको छ ।

चीनमा टेस्लाले मोडेल ३ को मूल्य १४ हजार युयान घटाउँदा अमेरिकामा मोडेल 'वाई', 'एक्स' र 'एस' को मूल्य २ हजार अमेरिकी डलरले घटाएको छ ।