आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

राष्ट्र बैंकले ल्यायो नयाँ गभर्नरको हस्ताक्षर भएको नोट

काठमाडौं : राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर भएको नयाँ नोटहरू चलचल्तीमा आएका छन् । बैंकद्वारा बुधबार जारी सूचनामा ५ रुपैयाँ र १० रुपैयाँका नोट बजारमा ल्याउने उल्लेख गरिएको हो । 

५ र १० रुपैयाँ दुबै नोटको पछाडि भागमा कृष्णसारको तस्बिर प्रयोग भएको छ । नोटको तल्लो बोर्डरमा सेरिज नम्बरमा वि.सं. २०७६ लेखिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।