ला लिगाः बार्सिलोनामाथि रियल मड्रिडको रोमाञ्चक जित

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत शीर्ष स्थानको रियल मड्रिडले दोस्रो स्थानको बार्सिलोनामाथि रोमाञ्चक जित हात पारेको छ ।
आइतबार राति सम्पन्न खेलमा रियल मड्रिडले बार्सिलोनालाई ३-२ गोलअन्तरले पराजित गरेको हो ।
रियल मड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजकुएज र जुड बेलिङ्घमले एक-एक गोल गरे । बार्सिलोनाका लाग एन्ड्रियास क्रिस्टेनसेन र फर्मिनो लोपेजले एक-एक गोल गरे ।
एन्ड्रियाजले खेलको छैटौं मिनेटमा गोल गर्दै बार्सिलोनाले सुरुवाती अग्रता दिलाए । तर १८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै रियल मड्रिडका भिनिसियसले खेललाई बराबरीको अवस्थामा पुर्याए ।
तर ६९ औँ मिनेटमा फर्मिनोले गोल गर्दै बार्सिलोनालाई २-१ अग्रता दिलाए पनि ७३ औँ मिनेटमा रियल मड्रिडका लुकासले बराबरी गोल गरे ।
त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा जुडले गोल गर्दै रियल मड्रिडको जित सुनिश्चित गरे ।
यससँगै रियल मड्रिडले ३२ खेलबाट ८१ अंक जोड्दा बार्सिलोनाको ७० अंक मात्र छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया