मन्त्री मनाङेलाई कारबाही गर्न राखेपको माग

पोखरा : राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ (दिपक मनाङे)लाई कारबाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको भन्दै कारबाहीको माग गरेको हो ।
खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । रासस

कृषि र पर्यटनमार्फत देशको विकास गर्न सकिन्छः कांग्रेस प्रवक्ता महत

लगानी बोर्ड बैठक : परियोजनाहरुको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुप परिवर्तन गरौँ : श्रेष्ठ

विकास निर्माणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिनुपर्छः अध्यक्ष राउत

शहरी विकास मन्त्रालयमा बजेट माग्नेको भिड, १५ हजार योजनामा बजेट माग

बद्री केसी नेतृत्त्वको समिति वैधानिक होः प्रधानमन्त्री ओली

लोकतन्त्रमा कुनै अराजकता स्वीकार्य हुँदैनः गृहमन्त्री लेखक

प्रतिक्रिया