एमाले प्रतिनिधि परिषद् बैठक: प्रतिवेदनमाथि सामूहिक छलफल गरिदैं

काठमाडौँ - नेकपा एमालेको गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची रहेको जानकारी दिइएको छ ।
शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदन पेश गरेका थिए । त्यस्तै परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।
आज ती प्रतिवेदनमाथि सामूहिक छलफल गरि सुझाव माग गरिएको छ ।
परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । एमालेको यस परिषद् बैठकमा पार्टीको आगामी कार्यदिशा र वर्तमान अवस्थाको समीक्षा हुने बताइएको छ ।
सोमबार नेकपा स्थापनाको ७५औँ वर्षका अवसरमा सम्मानलगायत विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरूलगायत शीर्ष नेताहरूलाई उपस्थितिका लागि निमन्त्रणा गरिएको जानकारी दिइएको छ ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया